२३ असार २०८३, मंगलबार

श्रम स्वीकृत अब बुटवलबाट, सातवटै प्रदेशबाट सेवा दिने तयारी

पुस १५, २०७५
श्रम स्वीकृत अब बुटवलबाट, सातवटै प्रदेशबाट सेवा दिने तयारी

बुटवल– वैदेशिक रोजगारमा जाने श्रमिकहरु अब श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

एक पटक विदेश गएर आएका मजदूरहरूको पुन श्रम स्वीकृति (रि–इन्ट्री) लागि मात्र लागि बुटवलबाट यो सेवा सुरू भएको हो । वैदेशिक रोजगारीबाट बिदामा आएर फेरि फर्केर त्यही कम्पनी र त्यहीँ देशमा जानेको लागि मात्र यो सेवा सुरू गरिएको छ । अहिले ठूलो चाप पनि यसैमा छ ।

प्रदेश नम्बर पाँचबाट वैदेशिक रोजगारमा जाने लक्षित गरी सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले बुटवलबाट श्रम स्वीकृतिको सेवा सुरू गरेको हो । यस अगाडि श्रम स्वीकृति बैदेशिक विभाग काठमाडौंबाट मात्र हुन्थ्यो । सेवाको बैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईले उद्घाटन गरे । कार्यालय बुटवल–६ चाँदबारीमा स्थापना गरिएको हो । 

बैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर वैदेशिक रोजगार विभागमा चाप धेरै भएपछि सेवा विकेन्द्रित गरेको चापागाईले बताए । ‘तत्काल हामीले रि–इन्ट्रीको सेवा सहित प्रदेश नम्बर पाँचको बुटवल र प्रदेश नम्बर दुईका जानपुरबाट आइतबारदेखि सेवा सुरू गरेका छौं’ उनले थपे, ‘यसै आर्थिक वर्षभित्रै वैदेशिक रोजगारीका सबै सेवा प्रदेश मातहत ल्याउछौं÷दिन्छौं ।’

‘केही समयपछि श्रमको सबै काम पनि प्रदेश मातहतमा स्थापित हुने श्रम कार्यालयबाट हुनेछन् । सरकारले सातै वटा प्रदेशबाट यो सेवा दिने तयारी गरेको छ । पहिलो चरणमा प्रदेश पाँच र दुईबाट यो सेवा सुरू गरेको हो’ चापागाईले भने । 

वैदेशिक रोजगारीबाट विदामा आएकाहरु अब काठमाडौंमा बसिरहनु नपर्ने र सबै काम घरबाटै पूरा गर्न सकिने कार्यालय प्रमुख उमेश शर्माले बताए । बैदेशिक रोजगारीमा सबैभन्दा धेरै प्रदेश दुईका मजदूरहरु छन् भने, त्यसपछि प्रदेश एक र तेस्रोमा प्रदेश नम्बर पाँच पर्छ । 

बुटवल कार्यालयमा उपसचिव शर्माको नेतृत्वमा १८ जना कर्मचारीहरू खटाइएको छ । अहिले ४६ लाख मजदुरहरु वैदेशिक रोजगारमा छन् । जसमा ३ लाख महिला छन् । 

salt training

कमेन्ट गर्नुहोस्