![टुँडिखेलमा ल्होसारको रौनक [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Tamu_lochar_cover_yy5r0WEZVp.jpg)
काठमाडौं– गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार धुमधामसँग मनाइएको छ ।
पुरानो वर्षलाई विदाइ र नयाँ वर्षलाई स्वागत गर्न हरेक वर्ष पुस १५(आज) गुरुङ समुदायले धुमधामसँग मनाउने गरेका छन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भन्ने गरिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
यसैक्रममा राजधानीमा बसोबास गर्दै आएका गुरुङ समुदायका व्यक्तिहरु राजधानीको टुडिखेलमा जम्मा भएर तमु ल्होसार मनाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी भएका थिए ।

टुडिखेलमा ल्होसार मनाउन भेला भएका गुरुङ समुदायका सर्वसाधारण परम्परागत भेषभुषामा सजिएका थिए ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो चाढलाई धुमधामसँग मनाउने गरिएको छ ।
हेरौं राजधानीमा गुरुङ समुदायले मनाएको ल्होसारका केही फोटो































