२२ असार २०८३, सोमबार

अस्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिँदै कप्तान पारस

अस्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिँदै कप्तान पारस

मेलवर्न (अस्ट्रेलिया) : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अस्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिइरहेका छन् । शैक्षिक परामर्श तथा आप्रवासनसम्बन्धी संस्था एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसको आयोजनामा अस्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा कप्तान खड्काले प्रशिक्षण दिइरहेका हुन् ।

कप्तान खड्काले मेलामा सहभागी हुने क्रिकेट प्रेमीहरूलाई प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा कप्तान खड्कासहित राष्ट्रिय टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टीमका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतमको पनि सहभागिता छ ।

कप्तान खड्का सहितको टीमले अस्ट्रेलियाका चार शहरमा प्रशिक्षण दिनेछ । जसमध्ये मेलवर्नमा प्रशिक्षण सकिएको छ । आगामी प्रशिक्षण पौष २१ र २२ गतेमा सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा हुँदैछ ।

- अस्ट्रेलियाबाट शिशिर ढकाल

salt training

कमेन्ट गर्नुहोस्