३० असार २०८३, मंगलबार

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने निर्णय

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने निर्णय

काठमाडौँ– खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । 

आज सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ । 

नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि एक हजारदेखि आवश्यकताअनुसार एक हजार ५०० रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ । 

उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजनाको माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ । 
त्यसको लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सबै कानूनी तथा प्राविधिक कार्य सम्पन्न गरी अबको १५ दिनभित्रमा डिपिआरको प्रक्रियामा जाने समेत सहमति भएको छ । 

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्