०८ असार २०८३, सोमबार

अपडेटः राजधानीको सतुंगलमा भएको  भीषण आगलागीमा करोडौको क्षती

अपडेटः राजधानीको सतुंगलमा भएको  भीषण आगलागीमा करोडौको क्षती
सन्दर्भ तस्वीर

काठमाडौ – चन्द्रागिरि नगरपालिका–१६ स्थित दीपक कपास उद्योगमा आगलागी भएको छ । 

काठमाडौँ प्रहरी परिसरका अनुसार बिहीबार साँझ लागेको उक्त आगो काठमाडाैं उपतयकाका सबै दमकलसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा राती अबेर नियन्त्रणमा आएको थियो । 

कलंकी थानकोट सडक खण्ड नजिकै रहेको उक्त कारखानामा भएको आगलागीबाट उद्योग नजिक रहेका निजीघरहरुमा समेत क्षती पुगेको स्थानीयले जनाएका छन् । 
आगलागी के कारण भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यद्यपी आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

आगलागीका कारण सडक समेत अवरुद्ध भएपछि राजधानी भित्रने र राजधानी बाहिर जाने यात्रुहरु समेत अलपत्र परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्