२८ जेठ २०८३, बिहीबार

मेलम्चीलाई समयमै सक्न १८ घण्टा काम गर्न कर्मचारी तयार

मेलम्चीलाई समयमै सक्न १८ घण्टा काम गर्न कर्मचारी तयार

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरु जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताएका छन् । 

उनीहरुले सो आयोजनाको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफूहरु सक्षम र तयार रहेकोसमेत बताएका छन् । केयुकेएलअन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी सङ्गठनको आज भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन र सहज ढङ्गले वितरण गर्न सक्षम रहेको बताएका हुन् । 

कर्मचारी युनियन एकीकरण कार्यदलका संयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने वातावरण तयार गर्न र वितरण गर्न आफूहरु दिनरात नभनी खट्ने प्रतिबद्धता बताए । 

salt training

कमेन्ट गर्नुहोस्