काठमाडौं–सरकारी चिकित्सक संघ कर्मचारी समायोजन प्रक्रियामा सामेल नहुने भएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गरी सरकारी चिकित्सकले समायोजन फाराम नभर्ने जनाएको छ ।
संघले समायोजन अध्यादेशबाट चिकित्सक र प्राविधिकको वृत्ति विकास अवरुद्ध हुने भन्दै चरणबद्ध विरोध कार्यक्रम शुरु गरेको छ । संघको भेलाले समायोजन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।
संघले समायोजनबारे सरकारसँग वार्ता गर्न ‘सरकारी चिकित्सक संघर्ष तथा वार्ता समिति’ समेत गठन गरेको छ । सरकारी चिकित्सकले अध्यादेश परिमार्जनको माग राखी स्वास्थ्य मन्त्रालयमा आइतबार बिहान घेराउ तथा धर्ना बस्ने निर्णय गरेका छन् ।