२१ असार २०८३, आइतबार

८ महिनामा २४ देशका ७७ विदेशी निकाला

पुस २२, २०७५
८ महिनामा २४ देशका ७७ विदेशी निकाला

काठमाडौं–सरकारले बैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागूऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् । 
गृहमन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसा बिना नै नेपाल बसेको ३४ विदेशीलाई निकालिएको छ । उनीहरुलाई कम्तीमा १ देखि ३ वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
त्यस्तै १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन् । उनीहरु कम्तीमा ३ वर्षसमम नेपाल बस्न पाउने छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्