
नेपालगञ्ज- सामुदायिक—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा चेतनामूलक अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सरसफाइ, लागुऔषध दुव्र्यसन, घरेलु हिंसालगायतका अपराध र सामाजिक विकृतिविरुद्ध सामाजिक जागरण जगाउने कार्यक्रम शुरु गरिएको छ ।
सो अभियानअन्तर्गत शनिबार गाउँपालिका–४ स्थित डुडुवा पुलको बृहत सरसफाइ गरिएको अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार, वडा नं ४ र ५ का जनप्रतिनिधि, प्रहरी, सामुदायिक वन, साझेदारी मञ्च, स्थानीयवासीको संयुक्त पहलमा पुलको सफाइ गरिएको हो । लामो समयदेखि पुलमाथि माटो जम्नु, खाल्डाखुल्डी भएर फोहर जमेकाले पुल र सडक वरिपरिको सरसफाइ गरिएको वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिनुभयो ।