२१ असार २०८३, आइतबार

डेमोक्रेटले चाहे भने २० मिनेटमा सुल्झाइदिन्छु विवाद : ट्रम्प

डेमोक्रेटले चाहे भने २० मिनेटमा सुल्झाइदिन्छु विवाद : ट्रम्प

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल ठड्याउने विषयमा मतभेद अन्त्य गर्ने कुरा भनेका छन् । 

विपक्षी डेमोक्रेट नेताहरूसँगको मतभेदका विषयमा बोल्दै उनले विपक्षी नेताहरूले चाहेमा २० मिनेटमा विवाद सुल्झाउन सकिने बताए । 

आफ्ना सहकर्मीहरूसँगको बैठकका लागि क्याम्प डेभिड जाँदै गर्दा ट्रम्पले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउनका लागि ५.६ अर्ब डलरको मागबाट पछि हट्ने कुनै संकेत दिएनन् । 

ट्रम्पले घोषणा गरे, ‘उनीहरूले चाहेमा २० मिनेटमा सम्झौता गर्न सक्छन् । उनीहरूले सम्झौता नगरेमा कामकाज ठप्प रहने काम लामो समयसम्म जारी रहन्छ ।’

सरकारी कामकाज आंशिक रूपमा तेस्रो हप्ता पनि बन्द रहँदा कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले आगामी दिनमा एजेन्सीहरूलाई फेरि खोल्नका लागि व्यक्तिगत विधेयक पारित गर्ने काम शुरू गर्न चाहन्छिन् । 

उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूसँग एक चरणको वार्ता पूरा भएपछि ट्रम्पले ट्वीट गरे । 

ट्वीटमा राष्ट्रपतिले यो कुराकानी लाभदायक रहेको बताए । तर बैठकको जानकारी राख्ने दुई डेमोक्रेटहरूले बजेटका लागि मागिएको विस्तृत जानकारी नदिइएको र सरकारको कामकाज फेरि शुरू गर्ने मागलाई खारिज गरिएको भने ।
अर्को बैठकको योजना नबनाइएको एक अधिकारीले बताए । 

त्यसो त ट्रम्पले सोमवारदेखि बुधवारसम्ममा गम्भीर चर्चा हुने आशा गरेको बताए ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्