२४ जेठ २०८३, आइतबार

नयाँ देवानी संहिता लागू भएपछि सम्बन्ध विच्छेदका मुद्दा बढे

नयाँ देवानी संहिता लागू भएपछि सम्बन्ध  विच्छेदका मुद्दा बढे

भीमदत्तनगर – गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । 

विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएयता सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । 

नयाँ कानून लागू भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको छ भने सम्बन्ध विच्छेदका मुद्दा बढेको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ । उनका अनुसार नयाँ कानून लागू भएसँगै पुरुषले आफ्नो हक प्रयोग गर्दै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको हो ।

गत आर्थिक वर्ष २०७४/०७५ सम्बन्ध विच्छेदका ४३ मुद्दा दर्ता भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्