
काठमाडौं– मादक पदार्थ सेवन गरी खुकुरी देखाई हिड्ने २ जनालाई महानगरीय प्रहरी वृत्त जगतिले पक्राउ गरेको छ ।
मंगलवार विहान ९ः३० बजेको समयमा भक्तपुरको भत्केको पार्टीमा मादक पदार्थ सेवन गरेर खुकुरी देखाउँदै हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको बौद्ध बस्ने दोलखाका छिरिङ लामा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने प्रेम बहादुर तामाङ छन् ।
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।