३० जेठ २०८३, शनिबार

प्रहरीलाई वैशाखको उखरमाउलो गर्मीमा ज्याकेट आउने

पुस २५, २०७५
प्रहरीलाई वैशाखको उखरमाउलो गर्मीमा ज्याकेट आउने

काठमाडौं–देशभरीका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्तामात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । 

टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ । आजको नयाँ पत्रिका दैनिकले प्रहरीलाई बैशाखमा नयाँ ज्याकेट आउने खबर छापेको छ । 

समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको चिसोमा प्रहरीको ज्याकेट नलगाई ड्यूटी गर्न बाध्य भए । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्