३० जेठ २०८३, शनिबार

कोही नभएको समयमा घरमा आगलागी, ४० लाखको क्षति

कोही नभएको समयमा घरमा आगलागी, ४० लाखको क्षति

मङ्गलबारे- इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । 

स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो । 

घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्