१६ असार २०८३, मंगलबार

तलबबाट आमाबाबुलाई रकम छुट्याउनुपर्ने प्रस्ताव

पुस २८, २०७५
तलबबाट आमाबाबुलाई रकम छुट्याउनुपर्ने प्रस्ताव

काठमाडौँ– सार्वजनिक पदधारण गरेका व्यक्तिले मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुका नाममा प्रत्येक महिना बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थप गर्दै सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ । 
आजको गोरखापत्र दैनिक लेख्छ– सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरे अनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाईको निश्चित प्रतिशत रकम बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । 
मासिक आयको कति रकम जम्मा गर्ने विधेयकले तोकेको छैन । यसअघि प्रारम्भिक मस्यौदामा १० प्रतिशत पारिश्रमिक बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नियमावली वा निर्देशिकाबाट रकम तोक्ने गरी विधेयक प्रस्तावित छ । मूल ऐनको दफा ८ मा पारिश्रमिक जम्मासम्बन्धी व्यवस्था थप गरी विधेयक दर्ता गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्