०७ साउन २०८३, बिहीबार

कर्मचारीको अटेरीपन उस्तै, कारबाहीको सिफारिस भएकाले यसरी पाउँछन् उन्मुक्ति

पुस २८, २०७५
कर्मचारीको अटेरीपन उस्तै, कारबाहीको सिफारिस भएकाले यसरी पाउँछन् उन्मुक्ति

काठमाडौं। निजामती कर्मचारीमा व्याप्त अटेरीपनमा सुधार आउन सकेको छैन । अहिले पनि देशका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु बिनाजानकारी अनुपस्थित हुने, ढिलो आउने र हाजिर गरी टाप(हाटा) हुने प्रवृत्तिमा कमी आउन नसकेको प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको निष्कर्ष छ ।
प्रधानमन्त्री मातहत रहेको केन्द्रले गरेको कारबाही सिफारिसलाई अधिकांश सरकारी कार्यालयले नै पंगु बनाइरहेको पाइएको छ ।

केन्द्रले विगत साढे ६ महिनामा देशका विभिन्न सरकारी कार्यालयमा गरेको छड्के अनुगमनमा विभिन्न गल्ती गर्ने ९८८ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको थियो तर तीमध्ये मुस्किलले २७६ जना कर्मचारी मात्रै कारबाहीमा परेका छन् । बाँकी ७१२ जना कर्मचारीलाई उन्मुक्ति दिइएको छ ।
केन्द्रले देशभरका ३२४ सरकारी कार्यालयमा अनुगमन गरेको थियो । त्यसरी, अनुगमन गर्दा समय पालना नगर्ने र हाजिर गरेर टाप कस्ने ७२९ जना कर्मचारी फेला परेका थिए । यस्तै, २५९ जना कर्मचारीहरुले तोकिएको पोसाक नलगाएर आचरणविरोधी काम गरेका थिए । गत वर्ष कारबाही सिफारिसमा परेका १ हजारमध्ये ७० प्रतिशत कर्मचारीमाथि कुनै कारबाही भएको थिएन । राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्