२२ जेठ २०८३, शुक्रबार

गाउँपालिका अध्यक्षविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता

पुस २९, २०७५
गाउँपालिका अध्यक्षविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता

दैलेख-नौमूमे गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उनकी ४२ वर्षीया पत्नी दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गराएकी छन् । 
नौमूले गाउँपालिका–३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजुरीमा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मंसिर ९ गते ललाईफकाई, परपञ्च गरी कान्छी श्रीमती बनाएको उजुरीमा उल्लेख छ ।

उजुरीमा विवाहलगत्तै भारतको जोशीमठ पुगेर मजदूरी गरी कमाएको रकमले बुटवलको देवीनगरमा किनेको जग्गामा जेठी पत्नी धनकली बुढा र दुई छोरालाई मात्र घर बनाई त्यहाँ बसालेको तर बेवास्ता गरेको उल्लेख छ । 

उजुरीमा आफूलाई गरेको कुटपिट घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा ३ अनुसार कसूर भएकाले उपदफा १३ को उपदफा १ (क) बमोजिम सजायको मागदाबी गरिएको छ । सो दफामा २५ हजार रुपियाँसम्म जरिवाना र ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्