३० असार २०८३, मंगलबार

नेकपा एकीकरणमा किन ढिलाइ ?

नेकपा एकीकरणमा किन ढिलाइ ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण टुंगोमा पुग्ने ढिलो हुने भएको छ । एकीकरणका बाँकी कामलाई पुस मसान्तभित्र सक्ने गरी कार्यदललाई जिम्मा दिए पनि नेताहरुको व्यस्तताका कारण ढिलाइ भएको हो ।


एकताको बाँकी काम टुंगो लगाउने गरी प्रतिवेदन तयार गर्ने तोकिएको समयमावधिमा कार्यदलको बैठक ५ पटक बसेको छ । तर, निर्णय हुन नसक्दा कार्यदल समयमै एकताको प्रतिवेदन तयार गर्न असफल भएको हो । 

नेताहरुको व्यस्तताका कारण आगामी माघ ३ गतेपछि मात्र बैठक बस्ने कार्यदलका एक सदस्यले बताए । बैठक नबसेको पनि ३–४ दिन भएको छ । नौ सदस्य कार्यदलमा चार जना मन्त्री नै रहेको हुनाले उनीहरूकोे कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न नसकेको हो । 

कार्यदलका अर्का सदस्यका अनुसार ८० प्रतिशत काम सकिएको छ । अब फिनिसिङ् गर्न मात्र बाँकी छ । कार्यदललाई दिएको समयावधिमा जनवर्गिय संगठन, प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि र नेतृत्व एवं नगरपालिका र गाउँपालिकाको संगठनको एकता सम्बन्धि गृहकार्य हुन नसकेपछि समयावधि लम्बिने भएको हो ।

पुस मसान्तभित्र सम्पूर्ण साङ्गठनिक एकीकरणको टुङ्गो लगाउन गृहकार्य गरी प्रस्ताव पेस गर्न पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो । तर, हालसम्म मापदण्ड तयार गरी पार्टीको विधानमा मात्र छलफल सकिएको छ । 

कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् । बाँकी सदस्य पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्