काठमाडौं, २६ फागुन — अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएसँगै अमेरिकामा तीव्र गतिमा रोजगारी खुलेको एडीपी रिसर्च इन्स्टिच्युटको एक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार राष्ट्रिय रोजगारदाताहरूले फेब्रुअरी महिनामा दुई लाख ९८ हजार नयाँ जागिर सिर्जना गरेका छन् । सन् २०१४ को अप्रिलपछि यत्तिका धेरै जागिर खुलेका हुन् ।
पाँच सयभन्दा कम कर्मचारी भएका साना र मध्यम व्यापारहरूले मुनाफा कमाएका छन् र ७६ प्रतिशत रोजगारी थपिएका छन् ।
सर्भिस सेक्टरले एक लाख ९३ हजार थप रोजगारी थपेर अर्थतन्त्रलाई अघि बढाएका त छन् नै, तर वस्तु उत्पादन क्षेत्रले झन् धेरै रोजगारी पैदा गरेका छन् । अमेरिकामा उत्पादन गर्नेहरूका लागि रोजगारी सिर्जनाको यसभन्दा राम्रो महिना यसअघि थिएन ।
निर्माण व्यवसायमा ६६ हजार, प्राकृतिक स्रोत र माइनिङमा आठ हजार र वस्तु उत्पादन क्षेत्रमा ३२ हजार नयाँ रोजगारी सिर्जना भएका छन् ।
युएसन्युज डट्कमबाट