
काठमाडौं, २६ फागुन - एमालेले आयोजना गरेको मेची महाकाली अभियानको क्रमममा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएपछि अशान्त बनेको तराई विस्तारै शान्त बन्दै गएको छ ।
प्रहरीको गोली लागेर आफ्ना चार जना कार्यकर्ताको ज्यान गएको भन्दै मधेशी मोर्चाले मंगलवार र बुधवार तराई बन्दको आह्वान गरेको थियो । बिहीवारदेखि तराईको जनजीवन सामान्य बन्दै गएको छ । तर सप्तरीमा मोर्चाका कार्यकर्ताले अझैपनि फाट्ट फुट्ट प्रदर्शन गरिरहेका छन् ।
सप्तरी बाहेकका तराईका जिल्लाहरू सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाही, रोतहटमा शैक्षिक संस्था, कलकारखाना, यातायात सुचारु भएका छन् ।
सप्तरीमा भने अहिले पनि फाट्ट फुट्ट प्रदर्शन भइरहेको छ । बजार, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प छन् ।