काठमाडौं, २६ फागुन - नेपाल भारतको सिमा क्षेत्रमा विहीवार दिउँसो भएको घटनामा प्रति नयाँ शक्ति पार्टीले दुःख प्रकट गरेको छ । भारतीय सुरक्षाकर्मीको गोली लागि नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएकोमा नयाँ शक्तिले दुःख प्रकट गरेको हो ।
मोर्चाले शोकाकुल परिवारजन प्रति समबेदना प्रकट गर्दै नेपाल सरकारलाई उक्त विषयमा कुटनीतिक ढंगबाट अनुसन्धान गर्न माग समेत गरेको छ । पार्टी प्रवक्ता खिमलाल देबकोटाले सिमानाको विषयमा स्थायी समाधान खोज्नको लागि सरकारसँग माग गरेका छन् ।