०२ असार २०८३, मंगलबार

८० हजार घुस रकमसहित दुई इन्जिनियर अख्तियारको फन्दामा

८० हजार घुस रकमसहित दुई इन्जिनियर अख्तियारको फन्दामा

रुपन्देही -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा ८० हजार घुस रकमसहित दुई जना इन्जिनियर समातेको छ ।

रुपन्देहीको शुद्धोदन गाउँपालिकामा कार्यरत इन्जिनियर कपील अर्याल र सव-इन्जिनियर लक्ष्मण ढुंगाना पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिएबापत घुस रकम मागिरहेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन् ।

दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएर गएको टोलीले ८० हजार घुससहित रंगेहात समातेको हो ।

समातिएका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा ३को उपदफा १ अनुसार जरिवाना र कैद सजायको मागदावी गर्दै अख्तियारले बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्