०३ असार २०८३, बुधबार

नेकपा एकता प्रकृया लम्बियो, केन्द्रीय नेता बने भूमिकाविहीन

माघ १०, २०७५
नेकपा एकता प्रकृया लम्बियो, केन्द्रीय नेता बने भूमिकाविहीन

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु ९ महिनादेखि भूमिका विहीन भएका छन् ।

 पार्टी एकता हुँदा तीन महिनाभित्र जनसंगठन एकता गर्ने घोषणा गरिएको थियो । तर पार्टी एकता भएसँगै शीर्ष नेतृत्वबीचको आन्तरिक विवादका कारण एकता प्रक्रिया लम्बिँदै आएको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ– पार्टी एकीकरण हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन भएको थियो । केन्द्रीय समितिले पूर्णता पाए पनि पार्टीेले अझै जिम्मेवारी दिन सकेको छैन । सचिवालय र स्थायी समितिको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने एजेन्डा समावेश भए तापनि मूर्त रुप पाउन सकेको छैन।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले लामो समयसम्म केन्द्रीय सदस्यको कार्यविभाजन नहुँदा अन्योल सृजना भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्