११ साउन २०८३, सोमबार

तातोपानी नाका खुलाउन भौतिक संरचना निर्माण तीव्र

तातोपानी नाका खुलाउन भौतिक संरचना निर्माण तीव्र
फाइल फोटो

चौतारा –भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । 

चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९ को मे १ तारिखमा खुलाई हस्तान्तरण गरिने कार्र्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव रविशङ्कर सैँजुले जानकारी दिए ।

वि.सं. २०७२ वैशाखको भूकम्प र २०७३ असारको भोटेकोशी बाढीले क्षतविक्षत बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्डको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । आगामी मे १ तारिखमा नाका खुलाउने उद्देश्यका साथ दैनिक करीब एक हजार कामदारबाट युद्धस्तरमा काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

भूकम्पले क्षतिग्रस्त मितेरी पुल साविक आठ मिटर चौडाइलाई बढाएर १२ मिटर चौडाइमा निर्माण भइरहेको छ ।

भोटेकोशीको कटान र पहिरोले क्षतिग्रस्त सडकको झ्याले, डामलाङ, दशकिलो, तातोपानी, कोदारी र लिपिङसहित सात स्थानमा तलबाट तार जालीसहित गाह्रो उठाइने र माथिबाट ठाउँठाउँमा भित्ता काट्ने काम भइरहेको दोभाषे मिलन शेर्पाले बताए । काठमाडौंबाट सबैभन्दा नजिकको नाका तातोपानी ११४ किलोमिटरको दूरीमा पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्