०८ असार २०८३, सोमबार

नागरिकता विधेयकमा समितिले थाल्यो दफाबार छलफल

माघ ११, २०७५
नागरिकता विधेयकमा समितिले थाल्यो दफाबार छलफल

काठमाडौँ– प्रतिनिधिसभा राज्य व्यवस्था समितिले नागरिकता ऐन संशोधन विधेयकमा दफाबार छलफल प्रारम्भ गरेको छ । 

 समितिले शुक्रबार संशोधनकर्ता समेत राखेर दफाबार छलफल प्रारम्भ गरे पनि कुनै निर्णय गर्न सकेन । प्रस्तावित विधेयकको दफा ३ बारे छलफल गरेको समितिले सो दफाबारे पनि कुनै निर्णय लिन सकेन ।

सो दफामा बाबु पहिचान नभएको अवस्थाको स्वघोषणाको व्यवस्था कसरी सम्बोधन गर्ने भन्ने विवाद नमिलेपछि थप छलफल आवश्यक भएको भन्दै समितिका सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी हुन् । 

सभापति श्रेष्ठले भनिन्, “प्रस्तावित केही व्यवस्थामा उच्च तहमा र थप घनीभूत छलफलको आवश्यकता महसुस भयो । यो विषयमा थप छलफल गर्नेगरी अन्य दफाहरूमा छलफल निरन्तर हुन्छ ।’’ 

प्रस्तावित विधेयकले मूल ऐनको दफा ३ संशोधन प्रस्ताव गर्दै बाबु पहिचान नभएको अवस्थामा वंशजको आधारमा नागरिकता दिइने व्यवस्था गरेको छ तर केही सांसद्हरूले बाबु पहिचान भन्ने शब्दावली हटाउन माग गरेका छन् ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्