×

NMB BANK
NIC ASIA

गुठीमा लैजाने प्रस्तावबारे निजी विद्यालय सञ्चालक भन्छन् – अर्काको सम्पत्ति ‘दान गर’ भन्न मिल्छ ?

माघ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सबै विद्यालयमा समान गुणस्तरको शिक्षा  उपलब्ध गराउन देशभरका सबै विद्यालयलाई एउटै ढाँचामा ल्याउन उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई सुझाव दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

शिक्षामा समान गुणस्तर कायम गर्न देशभर सञ्चालित निजी विद्यालयलाई नियमन गरी एउटै ढाँचामा सञ्चालन हुनुपर्ने सुझाव सहितको प्रतिवेदन आयोगले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगको प्रतिवेदनको परिच्छेद ४ मा निजी लगानीका विद्यालयको व्यवस्थापनको विषयमा निजी लगानीका विद्यालयको पाठ्यक्रम, भौतिक वातावरण, शिक्षक तथा कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, विद्यालय व्यवस्थापनमा स्थानीय सरकारले गर्नुपर्ने उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

आयोगले कम्पनीमा दर्ता भएका निजी लगानीका विद्यालय संक्रमणकालीन व्यवस्थापनका रुपमा गैरनाफामुखी सेवामूलक सामाजिक संस्थाको रुपमा रुपान्तरण गर्न सुझाव दिएको छ । 

Vianet communication
Laxmi Bank

आयोगले अबको १० वर्षमा निजी विद्यालयलाई गैरनाफामूलक शैक्षिक गुठीको रुपमा विकास गर्न सरकारलाई सुझाव दिएको छ । सरकारले आयोगको सुझाव अनुसार नयाँ शिक्षा ऐन बनाएपछि देशभर सञ्चालिन निजी विद्यालय शैक्षिक गुठीको रुपमा सञ्चालन हुनपर्ने छ । 

आयोगले तत्काल गुठीमा जान चाहने निजी विद्यालयलाई सरकारले नै शैक्षिक तालिम, जग्गा रजिस्टेसन, गाडी, सूचना प्रविधि तथा कम्प्यूटरमा भन्सार छुट तथा प्राविधिक र व्यावसायिक शिक्षा पढाउने सुविधा उपलब्ध गराउने उल्लेख छ । 

अबको १० वर्षभित्र निजी विद्यालय कम्पनी अन्तर्गत नरहने आयोगका सदस्य बाबुराम अधिकारीले बताए । ‘अब निजी विद्यालय कम्पनी अन्तर्गत हुँदैनन् र नाफामूलक पनि हुँदैनन्,’ उनले भने ।

आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सरकारले स्वीकृत गरेपछि नयाँ बन्ने शिक्षा ऐनले निजी विद्यालयलाई सामाजिक संस्था तथा गुठी अन्तर्गत सञ्चालन हुने व्यवस्था गर्नेछ ।

सरकारले निजी विद्यालयलाई सामाजिक संस्थामा रुपान्तरण गर्ने विषयमा निजी विद्यालय सञ्चालक सहमत छैनन् । निजी विद्यालयको संगठन प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले आफूले लगानी गरेको विद्यालय गुठीमा लैजान सम्भव नभएको बताए ।

‘निजी विद्यालय गुठीमा जान सक्ने अवस्था छैन । हिजो सरकारले गुठीमा चलाएको विद्यालयको अवस्था अहिले कस्तो छ ?’ सम्बाहाम्फेले लोकान्तरसँग भने, ‘हिजो हामीलाई जबर्जस्ती कम्पनीमा धकेल्यो । अब फेरि गुठीमा परिवर्तन गर्ने ? हामीले लगानी गरेको ठाउँमा आत्मसन्तुष्टि चाहिन्छ, गुठीमा जान सम्भव हुँदैन ।’ उनले आयोगका विज्ञले राम्रोसँग अध्ययन नै नगरी प्रतिवेदन तयार पारेको आरोप समेत लगाए ।

पूर्वसांसद एवं निजी विद्यालय सञ्चालक गीता राणाले आयोगको प्रतिवेदन कम्पनी ऐनसँग बाँझिएको बताइन् । ‘आयोगको प्रतिवेदन कानूनसँग बाझिएको छ, कम्पनीमा दर्ता भएको विद्यालय गुठीमा सार्न मिल्दैन । कम्पनीको पनि आफ्नै ऐन छ । त्यसमा सम्पत्तिलाई गुठीमा हाल्ने, सामाजिक संस्था भनेर उल्लेख भएको छैन,’ राणाले भनिन्, ‘लगानीकर्ताको आफ्नो इच्छा हो, उहाँहरूले प्रतिवेदन बनाएर अरुले लगानी गरेको सम्पत्ति गुठीमा जाऊ, अर्काको सम्पत्तिलाई दान गर भन्न मिल्छ ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x