०३ साउन २०८३, आइतबार
नेपाल-यूएई एक दिवसीय सिरिज

धर्मरायो नेपाली पारी, कप्तान पारस पनि आउट

धर्मरायो नेपाली पारी, कप्तान पारस पनि आउट
फाइल फोटो

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन एक दिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालको पारी धर्मराएको छ ।

कप्तान पारस खड्कासहित तीन महत्त्वपूर्ण विकेट नेपालले सस्तैमा गुमाएको छ । तेस्रो विकेटका रूपमा कप्तान पारस क्वादीर अहमदको बलमा अमिर हायातको हातबाट क्याच आउट भएका हुन् ।

त्यसलगत्तै ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी रन आउट भएका छन् । 

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल रनको खाता नै नखोली आउट भए भने विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी ५ रनको स्थितिमा पेबेलियन फर्किए ।

यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा ४ विकेट गुमाएर ५३ रन जोडेको छ ।

नेपाल तीन एक दिवसीय र तीन टी-ट्वान्टी सिरिज खेल्न यूएई पुगेको हो ।  

दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी-ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्