०१ साउन २०८३, शुक्रबार

संसद्‍मा आज पनि नाराबाजी, दगुर्दै वेलमा पुगे कांग्रेस सांसद

संसद्‍मा आज पनि नाराबाजी, दगुर्दै वेलमा पुगे कांग्रेस सांसद

काठमाडौं– चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाको आजको बैठक पनि कांग्रेसले अवरुद्ध पारेको छ ।

बैठकको शुरूमा सचेतक पुष्पा भुसालले मन्तव्य राखेपछि कांग्रेस सांसदहरू दगुर्दै वेलमा पुगेका छन् । उनीहरूले नाराबाजी समेत गरिरहेका छन्। 

सभामुख कृष्णबहादुर महराले आफूले कांग्रेसको मागका सम्बन्धमा यसअघि नै रुलिङ गरिसकेको भन्दै आ-आफ्नो स्थानमा बस्न आग्रह गरिरहेका छन् ।

गत मंगलवार पनि सभामुखले शिक्षा मन्त्रीलाई प्रस्ताव पेश गर्न समय दिएपनि कांग्रेस सांसदहरूले मन्त्रीलाई घेरेका कारण बैठक स्थगित भएको थियो ।

संसद्को बैठकअघि सभामुख महराले सरकारसहित सत्ता र प्रतिपक्षका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्