२८ असार २०८३, आइतबार

बागलुङको बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि हिमपात

बागलुङको बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि हिमपात
तस्वीर: रासस

बाग्लुङ- बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ । शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका कारण बिहुँ र आसपासका ठानडाँडा, शिवालय, घोडा बाँधे, कर्लेम, लेखानीलगायतका गाउँ सेताम्ये देखिएका छन् । 

विगत पाँच वर्षअघि यस क्षेत्रमा हिउँ परेको जानकारी दिँदै काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले त्यसयता भने पहिलो पटक हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै यस क्षेत्रमा लगाइएका आलु, गहुँ, जौको राम्रो उत्पादन हुने भएका कारण यहाँका कृषक खुशी भएका छन् । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) केन्द्रको आयोजना एवं भिटोफ गण्डकी प्रदेश पोखराको संयोजनमा आज यहाँस्थित शिवधुरी सामुदायिक घरबासको उद्घाटनका लागि आएका अतिथि बिहानैदेखि हिउँ खेलेर रमाएका छन् । 

यहाँको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुर्याउने उद्देश्यका साथ पहिलो चरणमा १० घरमा घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको र यसको प्रवर्द्धन गर्न लागिएको भिटोफ पोखराका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्