१६ असार २०८३, मंगलबार

नेपालको ब्याटिङमा सुधार, ओपनिङमा ६१ रनको साझेदारी

नेपालको ब्याटिङमा सुधार, ओपनिङमा ६१ रनको साझेदारी

काठमाडौं- यूएईविरुद्धको एक दिवसीय श्रृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले मध्यम शुरूवात गरेको छ ।

निकै लामो समयदेखि ओपनिङ साझेदारीमा देखिएको खडेरी केही हदसम्म टरेको देखिन्छ ।

नेपालको तर्फबाट पारीको शुरूवात गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गरेका छन् ।

१६औं ओभरको तेस्रो बलमा विनोद भण्डारी २१ रन जोडेर आउट भएका छन् ।

यो समाचार तयार पार्दासम्म १६ ओभरमा नेपालले १ विकेटको क्षतिमा ६४ रन जोडेको छ ।

३ एक दिवसीय र ३ टी-ट्वान्टी खेलको सिरिज खेल्न नेपाल दुबई पुगेको हो ।

यसअघि भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्