०८ असार २०८३, सोमबार

कर्णाली प्रदेश समन्वय परिषद् बैठकको तयारी पूरा

माघ १३, २०७५
कर्णाली प्रदेश समन्वय परिषद् बैठकको तयारी पूरा

सुर्खेत-कर्णाली प्रदेश सरकारले माघ १४ देखि १५ गतेसम्म सञ्चालन हुने प्रदेश समन्वय परिषद्को पहिलो बैठकको तयारी पूरा भएको जनाएको छ । 

प्रदेश सरकारले माघ १४ र १५ गते बिहानदेखि शुरु हुने परिषद् बैठकको कार्यतालिका सार्वजनिक गरेको हो । विविध कारणले हुने नसकेको परिषद् बैठक यसअघि प्रदेश सरकारले असोज १९ र २० गते तोकेको थियो । आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार परिषद् बैठक दुई दिनसम्म राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

बैठकमा कर्णाली प्रदेशका ७९ स्थानीय तह, १० जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, प्रदेशसभाका सदस्यहरु र विभिन्न क्षेत्रका विज्ञहरु गरेर ३९५ जनाको सहभागिता रहने सूचना अधिकारी उपाध्यायले बताउनुभयो । 

बैठकले कर्णाली प्रदेशको विकास र समृद्धिमा समन्वय परिषद् बैठकमा साझा अधिकारको प्रयोग, अन्तर प्रदेश समन्वय परिषद्को निर्णय कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र प्रशासनिक क्षेत्रको भूमिकाका विषयमा कानूनविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उहाँले प्रदेश तथा स्थानीय तहले गर्ने काम कारवाहीका नीतिगत सामञ्जस्यता र सङ्गठन व्यवस्थापनका बारेमा समेत प्रस्तुति राख्ने हुने सूचना अधिकारी उपाध्यायले बताउनुभयो । 

प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँडसम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धको प्रस्तुति डा बैकुण्ठ अर्याल र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले योजना तर्जुमा र कार्यान्वयनका चुनौतीका बारेमा प्रस्तुति राख्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्