०३ असार २०८३, बुधबार

दुई रुपैयाँमा पनि बिकेन बन्दा

दुई रुपैयाँमा पनि बिकेन बन्दा

चितवन– नारायणगढ बजारमा आइतबार उपभोक्ताले तिर्ने बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँसम्म थियो। नारायणगढदेखि पूर्व चैनपुर ज्यामिरेमा त्यही बन्दा प्रतिकिलो १० रुपैयाँमा बिकेको थियो। 

पर्सा बजारमा उपभोक्ता मूल्य २० रुपैयाँसम्म थियो। ज्यामिरे र पर्साको लभगभ बीचमा छ, खैरहनी नगरपालिका ६ को तुलसीपुर गाउँ। त्यहाँका किसानको खेतको बन्दा दुई रुपैयाँ किलोमा पनि बिक्न गाह्रो भएको छ । तुलसीपुरका पुरन महतोले डेढ बिघामा बन्दा लगाएका थिए । 

बिक्रीका लागि २० दिनअघि नै बन्दा तयार भएको हो। उनले अघिल्लो वर्ष पनि बन्दा लगाएका थिए । त्यो बेला प्रतिकिलो १४ देखि १७ रुपैयाँसम्म मूल्य आएको थियो। तर यो वर्ष अहिलेसम्म उनले एक किलो बन्दा बेच्न सकेका छैनन्। अब बन्दा बिक्री हुने आशा लगभग सकिएको छ । त्यसैले उनले शुक्रबार दिउँसो एक्साभेटर चलाएरै खेतबाट बन्दा हटाए । 

‘दुई रुपैयाँ किलो लैजाउ भन्दा पनि बिक्री भएन । अब बन्दा नहटाउने हो भने बोडी, करेला, घिरौंला लगाउन अबेला हुन्छ । त्यसैले हटाउनै पर्ने भयो,’ महतोले भने। हटाउन पनि खेताला नै लगाउनुपर्ने हुन्छ । बन्दा हटाउनै तीन÷चार हजार रुपैयाँ थप खर्च हुने भएपछि उनी दिक्दार थिए । चाँडो हुन्छ भनेपछि एक्साभेटर चलाए । एक्साभेटरले ४० मिनेटमा हटायो, १५ सय रुपैयाँ खर्च भयो।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्