१९ असार २०८३, शुक्रबार
नेपाल-यूएई एक दिवसीय क्रिकेट श्रृंखला

तेस्रो तथा निर्णायक खेलमा नेपालको दमदार शुरूवात, ब्याटिङमा संघर्ष गर्दै यूएई

तेस्रो तथा निर्णायक खेलमा नेपालको दमदार शुरूवात, ब्याटिङमा संघर्ष गर्दै यूएई

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय खेलमा नेपालले शानदार शुरूवात गरेको ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालको धारिलो बलिङसामु यूएईका ब्याट्सम्यानले रन बनाउन सकिरहेका छैनन् ।

यो समाचार तयार पार्दासम्म यूएईले १० ओभरमा २ विकेट गुमाएर १४ रन जोडेको छ ।

नेपालका लागि सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन् ।

यूएईका प्रारम्भिक ब्याट्सम्यानद्वय अस्फाक अहमद र चिराग सुरी रनको खाता नै नखोली आउट भएका हुन् ।

तीन एक दिवसीय खेलको सिरिजमा यसअघि दुवै टोलीले १-१ खेल जितेका छन् ।

पहिलो खेल यूएईले ३ विकेट तथा दोस्रो खेल नेपालले १४५ रनले जितेका थिए ।

यसपछि दुवै टोलीबीच ३ टी-ट्वान्टी खेलको श्रृंखला हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्