२८ जेठ २०८३, बिहीबार

काठमाडौंको तापक्रम कम हुँदा चिसो महसूस, साताभरी मौसममा बदली

काठमाडौंको तापक्रम कम हुँदा चिसो महसूस, साताभरी मौसममा बदली
प्रतिकात्मक तस्वीर

काठमाडौं – आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसूस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र हल्का वर्षा तथा हिमपातको सम्भावना छ । 

पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ । 

मङ्गलबार देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने देशभरि नै मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै बुधवार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्