३१ असार २०८३, बुधबार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं – राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सोमवारको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । सोमवारको दोस्रो बैठक शुरू हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।

कांग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाएको उल्लेख गरे । उनले सोही विषयलाई लिएर अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ता टोली गठन गरी वार्ता प्रक्रिया शुरू गर्न आग्रह गरे । 

राष्ट्रिय सभाको अर्को बैठक माघ १७ गते बिहीवार दिउँसो २ बजे पुनः बस्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्