
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाईतेको उपचार समेत सरकारले व्यहोर्ने जनाइएको छ ।
मन्त्रीका प्रेस संयोजक रोशन खड्काका अनुसार मन्त्री पुनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने निर्णय गरेका छन् ।
धनुषाको सबैला नगरपालिका–४ कोठिया बल्टीयामा विवाहको लागि जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । करेन्ट लागेर गत शुक्रवार २१ जना घाइते भएका थिए । १९ जना घाइते अस्पतालबाट डिस्चार्ज भएर घरमै उपचार गरिरहेका छन् भने २ जना अस्पतालमै उपचाररत छन् ।