१९ असार २०८३, शुक्रबार

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

काठमाडौं -यूएईविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ ।

पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले अस्फाक अहमदको विकेट लिएका हुन् । ४ रन जोडेका अहमद ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट भए । त्यसअघिका लगातार दुई बलमा उनले २/२ रन लिएका थिए ।

तीन खेलको श्रृंखलामा पहिलो खेल जितेको यूएई आजको खेल जित्दै श्रृंलखा कब्जा गर्ने रणनीतिमा छ भने नेपाललाई आज जित्नै पर्ने दबाब छ ।

यसअघि भएको एक दिवसीय क्रिकेट श्रृंखला भने नेपालले २-१ ले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्