१० साउन २०८३, आइतबार

लगानी अनुरुपको प्रतिफल पाइएनः मुख्यमन्त्री शाही

माघ १८, २०७५
लगानी अनुरुपको प्रतिफल पाइएनः मुख्यमन्त्री शाही

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा कर्णालीमा अथाह लगानी भएपनि त्यसको प्रतिफल पाउन नसकिएको बताए । ‘विगतमा हामीले कर्णालीमा धेरै राज्यले लगानी गरेको पाएकमा थियौं ।’ उनले भने, ‘तर त्यो लगानीले खासै प्रतिफल दिएन ।’

नेपाल मानव धर्म सेवा समिति सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री शाहीले आफुहरु कर्णालीलाई विकसित बनाउन चाहेको बताउँदै सबैलाई कर्णालीमा लगानी गर्न आव्हान गरेका छन् ।

‘कर्णाली बनाउन एक्लै सरकारले मात्रै सम्भव छैन ।’ उनले भने, ‘त्यसका लागि सबैको साथ, सहयोग, सल्लाह र सुझाव तथा काम गर्ने इच्छाशक्ति आवश्यक छ ।’ उनले कर्णालीमा वृद्धाश्रम खोल्ने बताएका छन् ।

‘कर्णालीका वृद्धावृद्धाकालागि वृद्धाश्रम आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि हामीले वृद्धाश्रम खोल्ने तयारी गरिरहेका छौं ।’

कर्णाली प्रदेशको अहिलेको मुख्य लक्ष्य भनकै समस्यै समस्या गुर्जेको कर्णालीलाई सुशासन, सामाजिक विकास, विधिको शासनमा सञ्चालन गर्नु रहेको बताए ।

‘प्रदेशको भविष्य निर्धारण गर्न समस्या पहिचान गरी आवश्यक खोजी गरी कार्यन्वयन गर्न सरकार लागी परेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसकालागी सरकार यक्लैले मात्र सम्भव छैन सवैको साथ र सहयोग आवश्यक छ ।’

कर्णाली प्रदेश ओरालो तिर झरेको बताउँदै उकालो तिर डो¥याउनु पर्ने अवस्था रहेको उनको भनाई छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा वेवारिसे भएका वुढापाकाको विवरण तयार पार्ने जानकारी दिए ।

‘प्रदेशभरीका वेवारिस जनताको व्यवस्थापनका लागी परिवार संग आवश्यक छलफल गर्ने योजना बनाएका छौं ।’ मुख्यमन्त्री शाहीले भने, ‘पत्ता लगाएर उनीहरुलाई परिवारको जिम्मा लगाउँछौं । त्यसो नभए कसरी व्यवस्थापन गर्ने भन्ने वारे सरकारले योजना बनाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्