काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सरकारी गाडीमा भएको आगजनीको घटना निन्दनीय रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो कार्यलाई निरुत्साहित गर्न आफू लागि रहने बताए ।
थापाले ट्वीट गर्दै भनेका छन्, ‘नेविसंघको नाममा केही “विद्यार्थीले” सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तर ; त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।’
सरकारको विरोध गर्दै आएको नेविसंघले शनिबार काडमाडौं, पोखरा र डोटीमा सरकारी गाडी नियन्त्रणमा लिनुका साथै आगजनी गरेको थियो । शनिबार बिदाका दिनमा पनि सरकारी गाडी चलाएको भन्दै नेविसंघले सरकारी गाडीमा तोडफोड र आगजनी गरेको थियो ।