२७ जेठ २०८३, बुधबार

शुरू हुँदै प्रदेश सभा हिँउदे अधिवेशन, मुख्यमन्त्री भन्छन्- 'अब प्रदेश राजधानी र नाम टुंगो लाग्छ'

शुरू हुँदै प्रदेश सभा हिँउदे अधिवेशन, मुख्यमन्त्री भन्छन्- 'अब प्रदेश राजधानी र नाम टुंगो लाग्छ'
फाइल फोटो

विराटनगर –प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरू हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् ।

आइतवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरूको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिए ।

प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै उनले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक समितिमा र चार संसद्मा दर्ता गरिएका जानकारी दिए । 

उद्लेद अत्यावश्यक थप १० विधेयक संसदमा ल्याउने तयारी भइरहेकाले तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची पनि रहेको बताए । मुख्यमन्त्री राईले प्रदेश १ लाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई उच्च प्राथमिकता राखिएको जानकारी गराए । 

स्वच्छ वातावरण र हरियाली प्रदेश बनाउन प्रदेश सरकारले यही माघ २६ गते हरियाली अभियान सञ्चालन गर्ने जानकारी दिँदै उनले भौगोलिक अवस्था, जनसङ्ख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसाबले प्रदेशको राजधानी र नामाकरण हुने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्