२८ जेठ २०८३, बिहीबार

दश ओभरमा छोट्याइएको खेलमा नेपालले यूएईलाई दियो १०५ रनको चुनौती

दश ओभरमा छोट्याइएको खेलमा नेपालले यूएईलाई दियो १०५ रनको चुनौती
फाइल फोटो

काठमाडौं -यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी-ट्वान्टी खेलमा नेपालले १०५ रनको विजयी लक्ष्य पेश गरेको छ ।

वर्षा र हावाहुरीका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको हो ।

नेपालको पारीमा कप्तान पारस खड्काले सर्वाधिक २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रनको योगदान गरे ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रृंखलामा यसअघि दुवै टोलीले १-१ खेल जितेका छन् । पहिलो खेल यूएईले २१ रन तथा दोस्रो खेल नेपालले ४ विकेटले  जितेका थिए ।

त्यसअघि भएको एकदिवसीय क्रिकेट श्रृंखला भने नेपालले जितेको थियो । पहिलो खेल हारेको नेपालले त्यसपछिका लगातार दुई खेल जित्दै खला २-१ ले आफ्नो नाममा लेखाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्