
कञ्चनपुर– भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ ।
भारतीय बन विभागले शनिबारदेखि पुनर्बास नगरपालिका ११ स्थित डोकेबजारको पिल्लर नम्बर ७५३–१७१ क्षेत्रमा नाली बनाउन थालेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।
भारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिबेला नेपाली प्रशासनको पहलमा रोकिएको काम फेरि अहिले खन्न थालिएको हो ।