
काठमाडौं -संयुक्त अरब इमिरेट्स यूएईविरुद्धको एकदिवसीय तथा टी-ट्वान्टी सिरिज विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
३-३ खेलको श्रृंखला समान २-१ ले जितेको नेपाली टोली सोमवार अपराह्न स्वदेश फिर्ता भएको हो ।
नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।
खेलाडीलाई स्वागत गर्न राखेपका सदस्य सचिव केशव विष्टसहित विमानस्थलमा पुगेका थिए ।
त्यसक्रममा सदस्य सचिव विष्टले सिरिज विजेता नेपाली टोलीका सदस्यलाई जनही ५ लाख दिन सरकारलाई सिफारिस गर्ने बताए ।