२४ असार २०८३, बुधबार

एउटै टेस्ट म्याचमा दुईवटा डबल सेन्चुरीको बन्यो कीर्तिमान

एउटै टेस्ट म्याचमा दुईवटा डबल सेन्चुरीको बन्यो कीर्तिमान

काठमाडौं — श्रीलंकाको घरेलु क्लब नोनडेस्क्रिप्ट्स क्रिकेट क्लब (एनसीसी) का कप्तान एन्जेलो परेराले एउटै प्रथम श्रेणी टेस्टमा दुईवटा दोहोरो शतक हानेर इतिहास दोहो–याएका छन् । 

क्रिकेट इतिहासमा कुनै पनि ब्याट्स्म्यानले एउटै प्रथम श्रेणी म्याचमा दुईवटा दोहोरो शतक हानेको यो दोस्रो अवसर मात्र हो । 

यसअघि सन् १९३८ मा इंग्लिश काउन्टी केन्टका ब्याट्स्म्यान आर्थर फ्यागले एसेक्सविरुद्ध पहिलो इनिङमा २४४ र दोस्रोमा नटआउट २०२ रन बनाएका थिए । 

परेराले श्रीलंकाको प्रथम श्रेणी प्रिमियर लीगको आठौं स्टेजको म्याचमा सिंहली क्रिकेट क्लब (एससीसी) विरुद्ध पहिलो पारीमा २०१ अनि दोस्रो पारीमा २३१ रन बनाए । 

एससीसीको मैदानको पिच निकै फ्ल्याट छ तैपनि परेराको यो प्रदर्शन राम्रो बलिङ आक्रमण भएको टीमविरुद्ध आएको हो । श्रीलंकाका लागि अन्तर्राष्ट्रिय खेल खेलिसकेका धमिका प्रसाद र सचित्रा सेनानायके जस्ता बलर एससीसीमा छन् । 

तैपनि परेराले उनीहरूविरुद्ध दुई इनिङमा लगातार दोहोरो शतक हाने ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्