३० असार २०८३, मंगलबार

आज सप्तरी गोलीकाण्डका मृतकको शवयात्रा, पानी बाधक

कात्तिक २०, २०७४
आज सप्तरी गोलीकाण्डका मृतकको शवयात्रा, पानी बाधक
काठमाडौं, २८ फागुन– एमाले मेची–महाकाली अभियानका क्रममा सोमबार भएको झडपमा प्रहरीको गालेी लागेर मारिएका मधेसी मोर्चाका पाँच कार्यकर्ताको आज अन्त्येष्टि हुँदैछ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मृतक पाँच कार्यकर्ताहरुको शनिवार शवयात्रा निकाल्दै छ भने सो लगत्तै परिवारले अन्त्येष्टि गर्नेछन् । तर विहान १० बजे निकाल्ने भनिएको शवयात्रा विहानैदेखि भएको वर्षाका अहिलेसम्म सुरु हुन सकेको छैन । पानी रोकिएसँगै शब यात्रा सुरु हुने बताइएको छ ।

मधेशी मोर्चा आवद्ध केन्द्रिय नेता/कार्यकर्ताको सहभागीता रहने शवयात्रा हनुमाननगर, भारदह, कञ्चनपुर, फत्तेपुर, विरेन्द्रबजार, रुपनी हुँदै सिरहाको लहान नगरपालिका स्थित रमेश चौकसम्म जाने तथा पुनः विसनपुर, बोदे वरसाईन हुँदै राजविराजमा आएर शव परिवारजनको जिम्मा लगाईने मधेशी मोर्चा आवद्ध राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव गजेन्द्र मण्डलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्