०८ असार २०८३, सोमबार

३३ किलो सुन तस्करी प्रकरणः १२ जनालाई थुनामै राख्न आदेश

माघ २५, २०७५
३३ किलो सुन तस्करी प्रकरणः १२ जनालाई थुनामै राख्न आदेश

विराटनगर–उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधका १२ अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । दुई अभियुक्तलाई भने जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश सुनाएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिएकामा भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, रामहरि सुवेदी, लक्षुबहादुर गुरुङ, रेवतकुमार आचार्य, बेनु श्रेष्ठ, छिरिङ बाग्ले घले, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगाना छन् ।

सलमान खान भनिने सैयद अकबर र डब्बु भनिने इम्तियाज उद्दिनलाई जिल्ला अदालतको आदेश बदर गर्दै जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्