काठमाडौं -सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
कोहलपुर मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
बिहीवार तुलसीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट तुलसीपुरतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार एक आपसमा ठोक्किँदा प्रदेश सांसद वली गम्भीर घाइते भएका थिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ चिसापानी घुम्तीमा भएको उक्त दुर्घटनामा परी घाइते भएका वलीको अवस्था गम्भीर छ ।
कोहलपुर मेडिकल कलेजमा पुगी भेटेर फर्किएका कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले सांसद् ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
वली प्रदेश ५ का प्रदेशसभा सदस्य हुन् ।