०४ साउन २०८३, सोमबार

लेखा समितिको निष्कर्ष : प्रदेश ५ को गाडी खरिदमा अनियमितता

माघ २५, २०७५
लेखा समितिको निष्कर्ष : प्रदेश ५ को गाडी खरिदमा अनियमितता

बुटवल-प्रदेश नम्बर ५मा खरिद गरिएका गाडीमा अनियमितता भएको ठहर भएको छ । प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकले प्रदेश सचिवालय र प्रदेशसभाले खरिद गरेका सवारी साधनमा लाखौ रुपैयाँ अनियमिता भएको ठहर गरेको हो ।

लेखा समितिले शुक्रबार प्रतिवेदनलाई अन्तिम रुप दिँदै टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्याधिक नाफा खाएको र उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न निर्देशन दिएको छ ।

समितिले उपभोक्ता मूल्यभन्दा बढीमा गाडी खरिद भएको भन्दै बढी रकम प्रदेशसभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ । समितिका सभापति डिल्लीबहादुर चौधरीले लेखा समितिले भन्सारका कागजात हेर्दा करिव २५ देखि २९ प्रतिशतसम्म टाटा स्ट्रोम विक्रेता कम्पनीले नाफा राखेको देखिएको बताए ।

प्रदेशसभाले ११ वटा र मन्त्रालयले ४ वटा टाटा स्ट्रोम गाडी खरिदमा अनिमितता आशंकामा सार्वजनिक लेखा समितिले दुई हप्ता अगाडिदेखि छानबिन सुरु गरेको थियो । 

प्रदेश सभाले करिव ७२ लाख र मन्त्रालयहरुले करिव ७३ लाखमा गाडी खरिद गरेका थिए । गाडी खरिद विषयमा अख्तियारले समेत फाइल अध्ययान गरेको भन्दै थप छानविन अख्तियारले गर्नेछ ।समितिले गाडी खरिदमा अनियमितता शब्द भने प्रतिवेदनमा उल्लेख गरेको छैन ।

अनियमितता हुँदा सरकारी निकाय (गाडी खरिद) पक्षलाई भने कुनै कारबाहीको सिफारिस भएको छैन । समितिले माघ २९ गते बस्ने प्रदेशसभा बैठकमा प्रतिबेदन प्रस्तुत गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्