२१ जेठ २०८३, बिहीबार

कांग्रेसमा विधानप्रति मनभिन्नता बढ्यो

माघ २७, २०७५
कांग्रेसमा विधानप्रति मनभिन्नता बढ्यो

काठमाडौँ-महासमितिबाट पारित भएका कतिपय विषयलाई विधानमा समावेश नगरिएपछि नेपाली काँग्रेसभित्र मतभिन्नता बढेको छ । महासमितिको बैठक सकिएको डेढ महिनाभन्दा पनि बढी समय हुँदा पनि नयाँ विधान लागू हुन सकेको छैन । गएको पुस ८ गते महासमितिको बैठक सकिए पनि कांग्रेसले विधानलाई अझै अन्तिमरूप दिन सकेको छैन । सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथकमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने भन्ने मुख्य विवादको विषय बनेको छ । 
कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले भने, ‘‘महासमितिको बैठकबाट पारित भएका प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकले थप्न, काट्न र घटाउन सक्दैन । काटेर उल्टाउने अनुमति पनि छैन । परिमार्जन मात्रै गर्न सक्छ । सदस्यहरूका भावनामा तलमाथि नहुने गरी परिमार्जन गर्ने अधिकार कार्यसमितिलाई दिएको छ ।’’ 

उलका अनुसार महासमितिको बैठकमा अधिकाँश सदस्यले नेपाललाई हिन्दु राष्ट्र हुनुपर्छ भनेर हस्ताक्षर नै गरेर नेतृत्वलाई बुझाएका थिए । त्यसलाई विधानमा समावेश गर्ने कुरा उत्सुकताको विषय भएको उनले बताए । याे खबर आजकाे गाेरखापत्र दैनिकले छापेकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्