२१ जेठ २०८३, बिहीबार

द्वन्द्वका मुद्दा टुंग्याउन प्रचण्डको दबाब, भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव

माघ २८, २०७५
द्वन्द्वका मुद्दा टुंग्याउन प्रचण्डको दबाब, भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव

काठमाडौँ – द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

आजको कान्तिपुर दैनिक लेख्छ–सत्यनिरूपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्रीलाई आन्तरिक रूपमै टुंग्याउन आग्रह गरेका हुन् ।

केही दिनयता दाहाल र ओलीबीचको मनमुटाब सतहमा देखिएको छ । यही सन्दर्भमा उनीहरूबीच शनिबार बिहान छलफलसमेत भएको थियो । छलफलमा दाहालले सत्यनिरूपणको विषयलाई सरकार, सदन र राजनीतिक दल मिलेर टुंग्याउने मर्म बुझेर काम अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

कान्तिपुरमै सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको खबर पनि छापिएको छ । 

रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगन्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् ।

अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्